भोलि देशभर सार्वजनिक बिदा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भोलि देशभर सार्वजनिक बिदा



काठमाडौं । भोलि अर्थात भदौ २० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

श्रीकृष्ण जन्माष्टमी पर्व भोलि देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

भोलि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यलय र सेयर बजार पनि बन्द हुनेछ ।


प्रतिक्रिया दिनुहोस्