अपि पावरको हकप्रदमा अन्तिम दिनसम्म १ अर्ब १८ करोड रुपैयाँ संकलन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपि पावरको हकप्रदमा अन्तिम दिनसम्म १ अर्ब १८ करोड रुपैयाँ संकलन



काठमाडौं । अपि पावर कम्पनीको हकप्रदमा अन्तिम दिनसम्म १ अर्ब १८ करोड २१ लाख ३६ हजार ६०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात भदौ १९ गते साँझ ५ः०७ बजेसम्म १ लाख ७ हजार ९७८ जनाले १ करोड १८ लाख २१ हजार ३६६ कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले साउन ३१ गते देखि कम्पनीले ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले हकप्रद निष्कासनका लागि असार २२ गते बुक क्लोज गरी सकेको हुदाँ असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिएका हुन् ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्