माहुली लघुवित्तको सेयर खरिद गर्ने हो ? आजदेखि १४ हजार कित्ता बिक्रीमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माहुली लघुवित्तको सेयर खरिद गर्ने हो ? आजदेखि १४ हजार कित्ता बिक्रीमा



काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी सुरत लाल चौधरीले ६ हजार कित्ता, कविता कुमारी चौधरीले ४ हजार कित्ता र पन्ना लाल चौधरीले ४ हजार कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ २० गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरणमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्