कुमारी बैंकको सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कुमारी बैंकको सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको सेयर विक्रीमा ल्याएको छ । बैंकको ३ हजार ६७० कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, नागपोखरी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्