मर्जर प्रस्ताव पारितका लागि सनराइज क्यापिटलले असोज १० गते बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मर्जर प्रस्ताव पारितका लागि सनराइज क्यापिटलले असोज १० गते बोलायो साधारण सभा



काठमाडौं । मर्जर प्रस्ताव पारितका लागि सनराइज क्यापिटल लिमिटेडले असोज १० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । सभा सनराइज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा बोलाएको हो ।

कम्पनीले लक्ष्मी क्यापिटल लिमिटेड एक हुने प्रस्ताव पारित गर्नेछ । साथै आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्