नागरिक उर्जा बुटवललाई प्राप्ती गर्नेका लागि म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नागरिक उर्जा बुटवललाई प्राप्ती गर्नेका लागि म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा



काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा असोज १२ गतेका लागि बोलाएको छ । सभा कम्पनी रजिष्टर्डको कार्यालय बालुवाटार, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले नागरिक उर्जा बुटवल लिमिटेडलाई प्राप्ती मुख्य एजेण्डा बनाएको छ । कम्पनीले १ कित्ता सेयर बराबर नागरिक उर्जा बुटवलको १ कित्ता सेयर स्वाप रेसियो प्राप्ती गर्ने लागेको हो ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्