वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ ।

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा रहेका रिजालको आज विहान निधन भएको थियो । उनको पार्थिव शरीर एक घण्टाका लागि सभा गृहमा राखिने र आजै दिउँसो २ बजे पशुपतिमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ ।

उनको निमोनियाको कारण मृत्यु भएको अस्पतालले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्