एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ सहयोग
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले गोरखामा आयेजित एक विशेष कार्यक्रम बिच मानव सेवा आश्रम गोरखालाई ५ लाख आर्थिक सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गरे । साथै यस्ता निःश्वार्थ भावनाले मनैछुने तथा परोपकारी कार्य गर्ने संघ संस्थाहरु संग भविष्यमा समेत हातेमालो गर्दै अगाडी बढिरहने प्रतिबद्दता व्यक्त गरे ।
आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गरिन् ।
सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धकसुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो ।













