फोनपे र एनआईपीयलद्वारा नेपाल र भारत बीच क्रस बोर्डर क्यूआर भुक्तानीको सुरुवात
काठमाडौं । फोनपेमार्फत नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ । नेपालको ‘फोनपे पेमेन्ट सर्भिस प्रालि’ र ‘नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया’ को सहायक कम्पनी ‘एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड’ बीच ‘ग्लोबल फिन्टेक फेस्ट–२०२३’ मा क्रसबोर्डर डिजिटल भुक्तानी गर्न सम्झौता भएको हो ।
फोनपे र एनआईपीयलबीचको यस सहकार्यले दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्युआर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेछ ।
उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् । प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ । प्राविधिक एकीकरणको समाप्ति पस्चात यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन् जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन् ।
दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुनेछ ।
फोनपेका सभापति तथा एफ.वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, “यो उल्लेखनीय प्रक्षेपण, दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो। म विश्वस्त छु कि यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिनेछ ।”
सोही अवसरमा बोल्दै एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडले, “यस पहलले नवप्रवर्तन प्रति रहेको हाम्रो प्रतिबद्धतालाई जनाउँछ । यु.पि.आई एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्नेछ र मानिसहरूको कारोबार गर्ने तरिकालाई बृद्धि गर्नेछ। फोनपे सँगको यस साझेदारी लाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ र फोनपे सँगसँगै रुपान्तरणको यो यात्रा सुरु गर्न पाउँदा हामी धेरै उत्साहित छौँ “
















