चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त
काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झालाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यक्षमा झा नियुक्त गरेको हो । उनी नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।















