ज्योति क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत नगद लाभांश पारित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ज्योति क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । ज्योति विकास बैंक लि. को केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्