सिवाईसी नेपाल लघुवित्तको प्रवन्ध संचालकमा डोलिन्द्र प्रसाद शर्मा
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रवन्ध संचालकमा डोलिन्द्र प्रसाद शर्मालाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ १५ गते बसेको संचालक समितिको बैठकले शर्मालाई प्रवन्ध संचालकको जिम्मेवारी दिएको हो । कम्पनी ऐन २०६३ को दफा ९६ (१) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १५ को उपदफा (२) र संस्थाको नियमवाली २०७५ को नियम ३५ मा भएको बमोजिम शर्मालाई प्रवन्ध संचालक नियुक्त गरेको हो ।

















