४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्डले स्थापना भएको १२ बर्षमा १२ खर्ब ५० अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको छ । बोर्डले बिभिन्न ४२ परियोजनामा १२ खर्ब ५० अर्ब लगानी स्वीकृत गरेको छ । त्यसमा ८० प्रतिशत भन्दा बढी विदेशी लगानी रहेका छन् ।
बोर्डलाई ६ अर्ब रुपैयाँभन्दा माथिका गैर ऊर्जा परियोजना र दुई सय मेगावाटभन्दा माथिका ऊर्जा परियोजाहरूमा स्वीकृति साथै कार्यान्वयन सहजीकरण गर्ने अधिकार छ । त्यसअन्तरगत हालसम्म ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजनामा गरी कुल ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।
साथै, ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको छ । मुलुकको आर्थिक रूपान्तरणका लागि ठूला पूर्वाधार एवं उत्पादन परियोजनामा निजी लगानी सार्वजनिक निजी साझेदारी र प्रत्यक्ष निजी लगानी आकर्षित गर्ने अभिप्रायले २०६८ भदौमा लगानी बोर्डको स्थापना भएको हो ।
बोर्डले आज काठमाडौंमा बिशेष समारोह गरेर आफ्नो १२ औं बार्षिक उत्सव मनाएको छ ।
















