सानिमा इक्विटी फण्डको प्रतिफल घोषणा
काठमाडौं । सानिमा इक्विटी फण्डको प्रतिफल घोषणा भएको छ । सानिमा क्यापिटलको म्युचुअल फण्ड अन्तर्गतको संचालित सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने भएको हो ।
क्यापिटलको संचालक समितिको भदौ २२ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा संचित नाफाबाट इकाईधनीहरुलाई १८ प्रतिशत (करसहित) प्रतिफल बाँड्ने निर्णय गरेको हो ।

















