माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट, १ लाख ४३ हजारको आवेदन रद्ध - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट, १ लाख ४३ हजारको आवेदन रद्ध



काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओमा बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ९ लाख ८१ हजार ६३१ जनाले १ करोड ७ लाख ११ हजार २७० कित्ताका लागि आवेदन दिएका थिए । जसबाट २ अर्ब २० करोड ६५ लाख २१ हजार ६२० रुपैयाँ संकलन भएको थियो । जसमध्य १ लाख ४३ हजार ८ सय ७७ जना आवेदकको आवेदन रद्ध भएको हो ।

माग भन्दा ८.८८ गुणा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा १ लाख २० हजार ५३२ जनाले १०।१० कित्ताका दरले आइपीओ पाएका छन् ।

कम्पनीले भदौ १० गतेदेखि सर्वसाधारणमा आइपीओ निष्कासन गरेको थियो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आइपीओ बिक्री गरी बाँडफाँट समेत गरी सकेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर कम्पनीले सर्वसाधारणमा विक्री गरेको थियो ।

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको हो । बाँकी रहेको मध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिका लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सर्वधारणका लागि जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्