माण्डु हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माण्डु हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ९ लाख ८१ हजार ६३१ जनाले १ करोड ७ लाख ११ हजार २७० कित्ताका लागि आवेदन दिएका थिए । जसबाट २ अर्ब २० करोड ६५ लाख २१ हजार ६२० रुपैयाँ संकलन भएको थियो । जसमध्य १ लाख ४३ हजार ८ सय ७७ जना आवेदकको आवेदन रद्ध भएको हो ।

माग भन्दा ८.८८ गुणा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा १ लाख २० हजार ५३२ जनाले १०।१० कित्ताका दरले आइपीओ पाएका छन् ।

आइपीओ यी तरिकाबाट हेर्ने सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://www.prabhucapital.com/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्