१०० रुपैयाँमा नै नेसनल हाइड्रोपावरको सेयर किन्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१०० रुपैयाँमा नै नेसनल हाइड्रोपावरको सेयर किन्ने आज अन्तिम मौका



काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले सेयर बिक्रीमा आवेदन दिने आज अर्थात भदौ २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १३ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

जसका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

यसमा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले बिक्रीमा ल्याएको नबिकेको हकप्रद सेयर लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्