माई खोला हाइड्रोपावरको साधारण सभा स्थगित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माई खोला हाइड्रोपावरको साधारण सभा स्थगित



काठमाडौं । माई खोला हाइड्रोपावरको साधारण सभा स्थगित भएको छ । कम्पनीको संचालक समितिको बैठकले तोकिएको अवधिमा साधारण सभा गर्ने नसक्ने जनाएको हो ।

अर्का निर्णय नभएसम्मका लागि साधारण सभा स्थगित भएको जनाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारितका लागि असोज ९ गते काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा साधारण सभा बोलाएको थियो ।

सभाले हाल कायम चुक्तापूँजीको सतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा बनाएको थियो । कम्पनीको चुक्तापूँजी ३१ करोड २१ लाख रुपैयाँ रहेको छ ।

यसअघि सभा प्रयोजनका लागि कम्पनीले असोज १ गतेलाई बुक क्लोज गर्ने जनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्