‘सरकार शिरमा खेलाडी पीरमा’ भन्दै अनेरास्ववियुको र्याली, ‘फ्लडलाइट’ जडानको माग
काठमाडौं। अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न माग गर्दै र्यालीको आयोजना गरेको छ ।
कमिटीले कीर्तिपुरस्थित क्रीकेट मैदानमा फ्लडलाइट जडान नगर्दा खेलाडीलाई समस्या भएको भन्दै लाइल राख्नुपर्ने मागसहित र्याली निकालेको हो। ‘विश्वले चिनेका खेलाडीलाई नेपालले चिनेन, आवर फाइट फर लाइट, सरकार शिरमा खेलाडी पीरमा लगायतका पम्प्लेटकोकी नारावाजी गर्दै त्रिचन्द्र क्याम्पसदेखि रत्नपार्क-रानीपोखरी-जमल हुँदै घण्टाघर पुगेका थिए।












