इभी गाडी किन्न ९.९५ प्रतिशत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले एक करोडसम्मको लोन दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबीबीएल इभी लोन फेस्टिभ अफर ल्याएको छ । बैंकले भदौ २६ गतेदेखि लागू हुने उक्त योजना सार्वजनिक गरेको हो र
उक्त योजना अन्तर्गत ग्राहकले ९.९५ प्रतिशत व्याजदरमै इभी लोन पाइनेछ । ग्राहकले उक्त व्याजदरमा बढीमा एक करोड रुपैयाँसम्म लोन लिन सक्ने बैंकले जनाएको छ ।
साथै, प्रशोधन शुल्क ०.२५ प्रतिशत र अग्रीम भुक्तानी लागत मूल्यको २० प्रतिशत तोकिएको छ । बैकले आपूर्ती आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिई सक्नु पर्ने छ ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा सोको खपत घटाउन विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।













