मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन
काठमाडौं । मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य समेत गहेकि ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।
उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् । आज बिहान साढे ८ बजे उनको निधन भएको हो ।












