अब माई खोला हाइड्रोपावरको साधारण सभा असोज १८ गते बस्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अब माई खोला हाइड्रोपावरको साधारण सभा असोज १८ गते बस्ने



काठमाडौं । माई खोला हाइड्रोपावर वार्षिक साधारण सभा असोज १८ गते बस्ने भएको छ । यसअघि स्थगित भएको सभा अब लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रहेको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७९८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ


प्रतिक्रिया दिनुहोस्