एमालेले तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने, पार्टीको झण्डा आधा झुकाउने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एमालेले तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने, पार्टीको झण्डा आधा झुकाउने



काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।

यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने भएको छ । बैठकले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्