नेम्वाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा, ओलीले ओढाए झण्डा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेम्वाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा, ओलीले ओढाए झण्डा



काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छन् । उनको राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १ः५० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिने छ । सोहि दिन शोक बिदा समेत हुने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलिले पार्टीको झण्डा ओढाएका छन् ।


प्रतिक्रिया दिनुहोस्