संविधान सभा अध्यक्ष नेम्वाङप्रति प्रतिनिधि सभामा बिहीबार शोक प्रस्ताव राखिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

संविधान सभा अध्यक्ष नेम्वाङप्रति प्रतिनिधि सभामा बिहीबार शोक प्रस्ताव राखिने



काठमाडौं । प्रतिनिधि सभाले संविधान सभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङप्रति बिहीबार शोक व्यक्त गर्ने भएको छ । प्रतिनिधिसभाको बुधबारका लागि तय बैठक स्थगित गरी बिहीबार अर्थात भदौ २८ गते नेम्वाङप्रति शोक व्यक्त गर्न बोलाइएको हो ।

सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गरेका हुन् । नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्