'नाडा अटो शो' मा फोर्स अरबानीया सार्वजनिक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘नाडा अटो शो’ मा फोर्स अरबानीया सार्वजनिक



काठमाडौं । नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शो मा भारतमा अत्याधीक माग रहेको फोर्स कम्पनिको अरबानीया भ्यानकोे अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरेको छ ।

यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसका १५ सिट भ्यानको मुल्य ८२ लाख ९९ हजार र १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार कम्पनीले सार्वजनिक गरेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ ।

साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।


प्रतिक्रिया दिनुहोस्