प्रतिकित्ता १०१ रुपैयाँ मै कुमारी बैंकको सेयर सर्वसाधारणले किन्ने मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रतिकित्ता १०१ रुपैयाँ मै कुमारी बैंकको सेयर सर्वसाधारणले किन्ने मौका



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थाकि तर्फको १० लाख १८ हजार ५०४ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त सेयरका लागि न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजात संकलन गरी असोज १० गतेभित्र न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बैंकको सेयर खरीदका लागि प्राप्त बोलपत्र असोज ११ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिनेछ ।


प्रतिक्रिया दिनुहोस्