सिटिजन्स क्यापिटलले असोज १९ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको सत्रौं वार्षिक साधारण सभा असोज १९ गतेका लागि बोलाएको छ । सभा द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले प्रस्तावित १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिकको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ८ गते बुक क्लोज गर्ने भएको हुदाँ असोज ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।
















