एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले गत भदौ २१ गते सम्पन्न विशेष साधारणसभा र गत भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । हाल कायम चुक्तापुँजीको २०.५२५ प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्ने लागेको हो ।
कम्पनीले साविकका सेयरधनीहरुलाई आफूले तत्काल चुक्ता गरेको सेयरपूँजीको अनुपातमा हकप्रद सेयर खरीदका लागि कम्पनीको नाममा नेपाल इन्भेस्टमेण्ट मेगा बैंकमा रहेको खातामा रकम दाखिला गरी कम्पनीको लेखा शाखामा उपलब्ध गराउन अनुरोध गरेको छ । यसका लागि कम्पनीले ३५ दिनको अवधि दिएको छ ।
















