हिमालयन बैंकद्धारा भद्रकालीमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन बैंकद्धारा भद्रकालीमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा



काठमाडौं । हिमालयन बैंक लिमिटेडले भद्रकाली स्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा भदौ २७ गते बुधबारको दिन देखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउनुहुने सम्पुर्ण ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको हो ।

रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको NEPALPAY QR तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत POS मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएस मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्दछन् ।

बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि .किरण केसीले एक समारोह बीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्