११ श्रावण २०८३, सोमबार

ओरिएन्टल होटेल्सले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । ओरिएन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९।०८० को नाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको असोज २५ गते बस्ने वार्षिक साधारण सभाले पारित गर्नेछ । सभा नेपाल प्रकाशनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते बुक क्लोजको मिति तय गरेको छ ।