११ श्रावण २०८३, सोमबार

सानिमा सेक्यूरिटीजले बोलायो असोज २६ गते प्रथम वार्षिक साधारण सभा



काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेडले प्रथम वार्षिक साधारण सभा असोज २६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष ७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।

कम्पनीले सेयरधनीहरूलाई २.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्रमा अन्य कम्पनीको सेयर, डिबेन्चर, बण्ड, म्युचुअल फण्ड लगानी गर्ने उदेश्य थप गर्ने समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।