२२ श्रावण २०८३, शुक्रबार

बोर्डले दियो दुई म्युचुअल फण्डलाई बिक्री गर्न अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईबिएल सहभागिता फण्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाई विक्रीको अनुमति दिएको छ ।

एनआईबिएल सहभागिता फण्ड’ एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना हो । यो योजनाको कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेण्ट मेगा बैंक र योजना व्यवस्थापकमा एनआईएमबि एस क्यापिटल छ ।

साथै, सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम बोर्डबाट थप ५० करोड रुपैयाँ बराबरको इकाई विक्री गर्ने अनुमति पाएको छ । अब यो योजनाले १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाई विक्री गर्नेछ ।