२२ श्रावण २०८३, शुक्रबार

विद्यालय बन्द गरे काठमाडौं महानगरपालिकाले कारबाही गर्ने चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाले कुनै पनि निजी तथा सरकारी विद्यालयका शिक्षकहरूले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाहि गर्ने भनेको हो ।

महानगरले आन्दोलनका नाममा स्कुल बन्द गरेको भेटे कारबाही गर्ने जनाएको छ । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो ।