सिद्धार्थ क्यापिटलले २५ प्रतिशत लाभांश दिने, असोज २५ गते बोलायो साधारण सभा
काठमाडौं । सिद्धार्थ क्यापिटलले वार्षिक साधारण सभा असोज २५ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा बनाएको छ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।०८१ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९।०८० मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम २ लाख ६८ हजार रुपैयाँ पारित गर्नेछ ।













