११ श्रावण २०८३, सोमबार

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अर्थात असोज ७ गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ असोज ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभाश पारितका लागि कम्पनीले वार्षिक साधारण सभा असोज १८ गतेका लागि बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।