११ श्रावण २०८३, सोमबार

लाभांश पारितका लागि सानिमा बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । सानिमा बैंकले वार्षिक साधारण सभा कात्तिक २ गतेका लागि बोलाएको छ । सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ असोज २१ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।