११ श्रावण २०८३, सोमबार

२०.५३ प्रतिशत लाभांश पारितका लागि एभरेष्ट बैंकको साधारण सभा असोज ३० गते



काठमाडौँ । एभरेष्ट बैंकले वार्षिक साधारण सभा असोज ३० गतेका लागि बोलाएको छ । सभा लैनचौर बेंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने भएको हुदाँ असोज १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।