दुई म्युचुअल फण्डको बुक क्लोजको मिति तय
काठमाडौं । ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फण्ड एल–१’ ले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
दुवै म्युचुअल फण्डको इकाईका लागि असोज १२ गते बुक क्लोज गर्ने भएको हो । अब असोज ११ गतेसम्म कायम इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।
दुवै फण्डका इकाईधनीहरुले करसहित १५ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको छ ।













