११ श्रावण २०८३, सोमबार

सन नेपाल लाइफले व्यतीत बीमालेखको नवीकरणमा शतप्रतिशत छुट दिने



काठकमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत भएका बीमालेख पुनर्जागरण गराउँदा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

समयमै नवीकरण शुल्क भुक्तानी गर्न नसकी व्यतीत भएका बीमालेख असोज ५ गतेदेखि असोज ३० गतेसम्म नवीकरण गराएमा सतप्रतिशत छुट दिने भएको हो । असोज ३० गतेसम्म पुनर्जागरण गराएमा बीमा प्राधिकरणबाट जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७९ को अधीनमा रही लाग्ने विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएकोछ ।

कम्पनीका अनुसार ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटकमात्रै उपभोग गर्न सकिनेछ।