मिड सोलु हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल
काठमाडौँ । मिड सोलु हाइड्रोपावरले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको हो ।
साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु क्यापिटल गर्ने छ ।












