प्राइम कमर्सियल बैंकको सेयर सर्वसाधारणलाई बिक्री खुला
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर कित्ता र मूल्य भने खुलाएको छैन ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १४ गते) ले १५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।
बिक्रीमा आएको सेयरको मूल्य समेत कम्पनी सचिवको कार्यालयमा मार्फत जानकारी लिन सकिनेछ ।













