११ श्रावण २०८३, सोमबार

दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार



काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउदै गरेको राष्ट्रिय चाड दशैं , तिहार तथा छठलार्ई लक्षित गर्दै आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ।

असोज १४ गते देखी शुरु भई मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले Ultima Lifestyle को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् भने अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

यस संगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मी ले बताएका छन्।