सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रामेछापको गोकुलगंगा गाउपालीकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँपालीकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा गाउपालीका वडा नं. ५, का सचिव लक्ष्मी राज घर्ती मगर र कम्पनीका कृषि तथा पशुपन्छी बीमा बिभागका प्रमुख सन्तोष पन्तले निर्जिवन बीमाको बारेमा जानकारी गराए ।
कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले कार्यक्रमले आगामी दिनहरुमा बीमा गर्ने र दाबी भुक्तानी लिने सम्बन्धमा एउटा मार्गदिशा देखाएका गर्ने विश्वास ब्यक्त गरे ।













