नेपाल पुनर्बीमा कम्पनीको पाँच लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीले सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले स्ंस्थापक समूह तर्फको पाँच लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरका लागि न्यूनतम २८५ रुपैयाँ तोकिएको हुंदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्ने चाहने इच्छुक कम्पनीका संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघसस्थाले आवश्यक कागजात संकलन गरी असोज २६ गतेसम्म बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा आवेदन दिन सकिनेछ ।













