महासंघ र बोर्डको सहकार्यमा लगानीकर्ता शिक्षा र चेतना निर्माण कार्यक्रम संचालन हुने
महासंघ र बोर्डको सहकार्यमा लगानीकर्ता शिक्षा र चेतना निर्माण कार्यक्रम संचालन हुने
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रव्यापी लगानीकर्ता शिक्षा र चेतना निर्माण कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।
बोर्ड र महासंघको सहकार्यमा देशभर धितोपत्र सम्बन्धित सचेतना कार्यक्रम गरिने भएको हो ।। काठमाडौं एक कार्यक्रमका बीच उक्त कार्यक्रम संचालन गर्ने समझदारी पत्रमा बोर्ड अध्यक्ष रमेश हमाल र महासंघ अध्यक्ष चन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।
विश्व लगानिकर्ता सप्ताहको अवसर पारि उक्त समझदारी भएको हो । महासंघ देश भरी फैलिएको संस्था भएको हुँदा धितोपत्र कारोबारबारे सचेत गर्ने सहज हुने विश्वास लिएको छ ।
नेपाल दुरदराजसम्म धितोपत्र कारोबार सम्बन्धी बुझाउन सहयोग हुनेछ । कसरि कारोबार गर्ने, कुनमा कति कारोबार हुने, कुनमा घाटा हुन्छ कुनमा नाफा हुन्छ भनेर महासंघले सचेत गराउने छ ।













