११ श्रावण २०८३, सोमबार

लक्ष्मी र सनराइज क्यापिटलबीच एक आपसमा गाभिने समझदारी, चुक्ता पूँजी ४८ करोड पुग्ने

लक्ष्मी र सनराइज क्यापिटलबीच एक आपसमा गाभिने समझदारी, चुक्ता पूँजी ४८ करोड पुग्ने



काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड एक आपसमा मर्जरमा जाने भएका छन् । दुबैं क्यापिटलले एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड असार २ गते बाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैकिङ्ग लगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गरिरहेको अवस्थामा धितोपत्र व्यवसायी बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै सहायक कम्पनीहरु एक आपसमा गाभिन लागेका हुन् ।

मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।