एनएमबि क्यापिटलका दुई फण्डहरुले लाभांश वितरण गर्दै
काठमाडौँ । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुले लाभांश वितरण गर्ने भएका छन् । फण्डहरुले आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्ने लागेका हुन् ।
एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले लाभांश वितरण गर्ने लागेका हुन् । एनएमबि हाइब्रिड फण्ड एल १ ले असोज २१ गते र एमएनबि फिफ्टीले असोज २२ गतेदेखि वितरण गर्ने लागेको हो।
यी दुबै फण्डहरुले गत आर्थिक वर्षका लागि १५–१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए।













