नियामकको बेवास्ताले सेयर बजार अप्ठ्यारो अवस्थामा छ: लगानीकर्ता कार्की
काठमाडौं । लगानीकर्ता रोहन कार्कीले नियामकको वेवस्ताले सेयर बजार अप्ठ्यारोमा अवस्थामा रहेको बताए ।
धितोपत्र ब्रोकर एशोशिएशन नेपालद्धारा विश्व लगानी सप्ताह २०२३ सन्दर्भमा आयोजित हाल पूँजी बजारमा देखिएका समस्या तथा समाधान विषयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नियामक निकायको वेवास्ताले सेयर बजार अप्ठ्यारोमा रहेको बताए । उनले भने,– ‘सेयर बजार बारे नियामक निकायलाई केही वास्ता छैन । अहिले बजार अप्ठ्यारो अवस्थामा छ ।’
यद्यपि, बजारप्रति सकारात्मक हुनु आवश्यक रहेको उनको भनाई छ । ‘बजार प्रति सकरात्मक हुनु आवश्यक छ, यसमा नियामक निकायमा पनि सकारात्मक हुनुपर्छ’– उनले भने ।













