१८ श्रावण २०८३, सोमबार

हकप्रद जारी पछि कसरी सेयर मूल्य बढछ ? हामी अध्ययन गर्छौ: अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बलियो कम्पनी पब्लिक भए भने मात्रै अर्थतन्त्र अगाडि बढ्ने बताए ।

धितोपत्र ब्रोकर एसोसिएसन नेपालद्वारा ‘विश्व लगानी सप्ताह २०२३’ सन्दर्भमा आयोजित हाल पुँजी बजारमा देखिएका समस्या तथा समाधान विषयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बजारमा भएका सबै समस्याहरु एकैपटक समाधान गर्न नसकिने बताए । उनले भने,–‘बजारमा भएका सबै रोग एकैचोटी समाधन हुँदैन । बलियो कम्पनी पब्लिक भए भने मात्रै अर्थतन्त्र अगाडि बढ्छ । नेपालमा धेरै समस्या छ भन्न मिल्दैन समाधान खोज्नुपर्छ ।’

नियमामक निकायले विधान, ऐनको दायरामा काम गर्नुपर्ने उनले बताए । सोही अवसरमा अध्यक्ष हमालले बुक बिल्डिङ्ग प्रक्रियामा बोर्डले प्राथमिकता दिँदै आएको जानकारी गराए । उनले भने,– ‘नियमामक निकायले विधान, ऐनको दायरामा काम गुर्नपर्छ । बुक बिल्डिङ्ग प्रक्रियामा बोर्डले प्राथमिकता दिँदै आएको छ । अब छिट्टै नै अगाडि बढ्छ ।’

उनले ३० वर्षमा नभएका कारवाही २० महिनामै गरेको दावी गरे । यसका साथै हकप्रद सेयर जारी गरेपछि मूल्य बढ्ने विषयमा अध्ययन भईरहेको हमालले बताए । उनले भने,– ‘हकप्रद सेयर जारी पछि मूल्य बढ्ने नेपाल पहिलो देश हो । कसरी बढी रहेको छ भन्नेमा हामी अध्ययन गर्छौ ।’